Song Page - Lyrify.me

Lyrify.me

Yastai by Karma Band Lyrics

Genre: rock | Year: 2020

[Verse 1]
यस्तै कति रात सम्झेँ आँखाको निन्द्र पर हुन्थ्यो
मेरो मुटुलाई तिमीले छोए हुन्थ्यो
यस्तै कति दिन पर्खे आँखा त सधैँ बाटोमा
एक दिन त आउँछौ भनि कुर्थेँ

[Chorus]
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ

[Verse 2]
कति पल्ट तिमीलाई बाटोमा देख्दा
कति पल्ट तिमीलाई बाटोमा देख्दा
फर्केर हेर्छौ कि भनि म आशा गर्थेँ
फर्केर हेर्छौ कि भनि म आशा गर्थेँ
तिमीले अन्जानमा हेरी हाँसी दिँदा
म सम्झी सम्झी एक्लै टोलाउँथेँ

[Chorus]
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ
[Bridge]
तिमीलाई सम्झी यसो कतै हराउँदा
तिमीलाई सम्झी यसो कतै हराउँदा
शीतल हावाले मेरो मुटु छुन्थ्यो
शीतल हावाले मेरो मुटु छुन्थ्यो
अनि तिमीले मलाई अँगाले झैँ लाग्थ्यो
सोची सधैँ, एक्लै रमाउँथेँ

[Chorus]
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ
यसै गरी सधैँ चित्त बुझाउँथेँ
कल्पनामा म हराउँथेँ