Song Page - Lyrify.me

Lyrify.me

Way To my Heart Nepali poetry by Birendra Ghimire Lyrics

Genre: misc | Year: 2020

जन्मदिन आज मेरो जन्म दिन तर मलाइ खास छैन
खुसी खोज्दै हिडिराछु आराम गर्ने ठाउँ छैन
भबिस्य कस्तो होला सोच्दै बस्छु
आज को मलाइ बाल छैन ।
धेरै पटक लडि सके तर हार भने मान्या छैन
मन मा कुरा राख्या छैन
सबै कुरा छर्लङ्ग केही कुरा नि मन मा छैन
केही भन्नू छैन कसैलाइ
गरेर देखाउने हो सबै लाई
पैसा को पछाडि लाग्ने आफन्त
खुट्टा तान्ने समाज लाई
एक्दिन सबै राम्रो हुन्छ भन्दै आफू र आफ्ना लाई

देखाउन लाई भए पनि माया गर्छ्न सबैले
दुख पर्दा साथ दिने कोहि हुदैन प्राए

त्यसैले छोडिसके सबै लाई
मुख मा राम बगली मा छुरा बोक्ने लाई


एकान्त मै बस्छु सधै तर मान्या छैन हार मैले
हार पछि नै जित आउँछ त्यसैले कुरि रा छु दिन ऐले
आँखा बन्द जताततै अन्दकार
भबिस्य को बारे सोच्दा हुन्छु म बेमिसाल
सोच्दा सोच्दै एकान्त मा बित्छ कयौ रात
चुरोट को सहारा छ फिल्टर बलिसक्यो अनि पोलिराछ हात
खिन्न भाछ मन , तर भिन्नै मेरो सोच
छोद्दे यस्तो कुरा अब उस्को बारे बोल
सायद चोखो माया नै थियो कि त्यो
मुटुको धड्कन नै रोकियो
एक अर्का को देख भेट
भेट्नु नै ठूलो गल्ती भो
जलि राछ मन माया गर्छु भन्थी त्यस्ले
तर थाहै भएन छोडी सकिछ्न
उस्लाइ नै सम्झिराछ मेरो पागल मन ।
अझै नि कुरि राछु फुल्बारिको हामी बस्ने ठाम
तर तिमी आउदिनौ भनी खिन्न भाछ मन
एक्दिन सबै ठिक हुन्छ भनि सम्झाउदै छु म मेरो आफ्नो मन ।
peace