Song Page - Lyrify.me

Lyrify.me

Ma Aankhama Rakhine by Aruna Lama Lyrics

Genre: pop | Year: 1993

[Verse 1]
म आँखैमा राखिने योग्य कहाँ छु
मलाई सम्झि टिठ्याउने योग्य कहाँ छु
म भुल हुँ, सुधारिने योग्य कहाँ छु
म आँखैमा राखिने योग्य कहाँ छु

[Verse 2]
कुनै दिन जब म सबैलाई रिझाएँ
त्यहि म किन आज सबलाई बिझाएँ
म मान्छे हुँ, मान्छेलाई माया चाहिन्छ
मेरो जिवनलाई पनि साथि चाहिन्छ

[Verse 3]
तर साथि बन्ने म योग्य कहाँ छु
कसैको माया पाउने योग्य कहाँ छु
म भुल हुँ, सुधारिने योग्य कहाँ छु
म आँखैमा राखिने योग्य कहाँ छु

[Verse 4]
उदास मेरो मुहारमा मुस्कान जचेन
ऐनामा म हाँस्दा आफैँलाई चिनिन
दुखको उदाहरण मेरै जिवन होइन
खुसिमा के मेरो अधिकार नै छैन?
[Verse 5]
यि प्रश्न उठाउने म योग्य कहाँ छु
कसैको माया पाउने योग्य कहाँ छु
म भुल हुँ, सुधारिने योग्य कहाँ छु
म आँखैमा राखिने योग्य कहाँ छु